• सोमबार, साउन ११ २०८३

बृद्धा हत्या आराेपमा एक युवक पक्राउ


आइतबार, साउन ११ २०७७
1.6K
Shares

गोरखा । बृद्धा हत्या आराेपमा गोरखामा एक युवक पक्राउ परेका छन । मनकामनामा खेतमा पानी लगाउन गएकी ७२ बर्षिय बृद्धाको हत्याको आराेपमा स्थानीय हुकमान चुमी मगरलाई प्रहरीले पक्राउ गरेको हाे ।

उनलाई गाउापालिकाको वडा नम्बर ३ कान्टार क्षेत्र स्थित एक घरबाट पक्राउ गरिएको हो । गत साउन ९ गते शुक्रबार जिल्लाको शहिद लखन गाउँपालिका ३ की ७२ बर्षिया कृष्णकुमारी आले मृत अवस्थामा फेला परेकी थिइन् ।

बुधबार बिहान खेतमा पानी लगाउन गएकी आलेको हटियाँ भन्ने स्थानमा शव फेला परेको थियो ।

उनलाई हाल जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएकाे र भाेली साेमबार मात्रै प्रहरीले पत्रकार सम्मेलन गरेर बिस्तृत विवरण सार्वजानिक गर्ने एसपी सुरेन्द्र बहादुर गुरुङ्गले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार