• आइतबार, साउन १० २०८३

रित्तिदै गोरखा क्याम्पसको आइसोलेसन, ३ संक्रमित बाँकी


आइतबार, साउन ११ २०७७
780
Shares

गोरखा । नयाँ संक्रमितकाे दर घटेस‌ंगै गाेरखाका आइसाेलेसन रित्तिदै गएका छन । पछिल्लाे समय संक्रमितकाे संख्या घट्दै जादा र निकाे भएर घर फर्किनेकाे संख्या बढ्नाले आइसाेलेसन खाली हुदै गएका हुन ।

आइतबार मात्रै गोरखा क्याम्पसमा रहेको आइसोलेसनबाट ३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

जिल्लाको अजिरकोट, भीमसेन थापा र सिरानचोक गाउँपालिकाका ३ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

केन्द्रले आज एक सूचना जारी गर्दै अजिरकोटका २० बर्षिय पुरुष, भीमसेन थापा ३० बर्षिय पुरुष र सिरानचोक गाउँपालिकाका २९ बर्षिय पुरुषलाई घर पठाईएको जनाएको छ ।

तिनै जना पुरुषहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट दाेस्राे पिसिआर रिर्पोट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निस्चल अर्यालले बताए ।

केन्द्रबाट हाल सम्म ५७ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने अब बाँकी ३ जना मात्रै आइसाेलेसनमा उपचाररत रहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार