• शनिबार, भाद्र २० २०८३

थपिए १३० जना कोरोना संक्रमित, ७५ जना डिस्चार्ज


आइतबार, साउन ११ २०७७
860
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमिति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा डिस्चार्ज हुने दर ७०.५ प्रतिशत रहेको गौतमले बताए। उनका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन्। योसँगै कुल निको हुने संख्या १३ हजार १ सय २८ पुगेको छ। त्यस्तै, क्वारेन्टिनमा १७ हजार ९ सय ३ जना रहेका छन्।

नेपालमा अझै ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म नेपालका ६ वटा जिल्ला काेराेनाबाट मुक्त भएकाे गाैतमले जानकारी दिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार