• सोमबार, साउन ११ २०८३

सामाजिक जवाफदेहिताका औजारको प्रयोगलाई ब्यापकता दिन गोरखाका नागरिक समाजको आग्रह


आइतबार, साउन ११ २०७७
1.2K
Shares

गोरखा । संघ, प्रदेश सहित गोरखाका ११ वटै स्थानीय तहलाई सामजिक जवाफदेहिताका औजारको प्रभावकारी प्रयोग गर्न नागरिक समाजले आग्रह गरेको छ ।

तिनै तहका सरकारले सञ्चालन गर्ने कार्यक्रम, योजना तथा सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाउनका लागि सार्वजानिक सुनुवाई, सामाजिक लेखा परिक्षण, सार्वजानिक खर्चको सोधखोज, समुदाय अंकपत्र, अनुगमन, निरिक्षण लगायतका औजारलाई प्रभावकारी रुपमा प्रयोग गर्न गोरखाका नागरिक समाज संघसंस्थाले आग्रह गरेका हुन ।

शनिबार नागरिक साझा सवाल गोरखाको नियमित भर्चुअल बैठकले जिल्लाका ११ वटै स्थानीय तहमा बेरुजुको रकम अत्याधिक बढेको र सो रकमको दर कम गराउन दुई नगरपालिकासहित ११ वटै पालिकालाई ध्यानाकर्षण गराउने निर्णय गरेको संयोजक स्थानेश्वर दुवाडीले बताए ।

त्यस्तै सुशासन प्रवद्र्धनका लागि नागरिक समाजले ११ वटा पालिकाको कार्यालय सहित तिनका सबै वडामा बिभिन्न सन्देश सहितको होर्डिङ बोर्ड राख्ने निर्णय समेत गरेको छ । त्यस्तै नागरिक साझा सवालले बाढी पहिरो पिडितलाई तत्काल राहत र क्षतिपूर्ति दिन समेत माग गरेको छ ।

हेर्नुस बैठकका ६ निर्णय
१) स्थानीय तहमा देखिएका बेरुजु घटाउन नागरिक दवाव सृजना गर्ने । जसका लागि गोरखाका ११ वटै स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाउने, सामाजिक जवाफदेहिताका औजारहरुको ब्यापक प्रयोग गर्न अनुरोध गर्ने, जवाफदेहिता, पारदर्शिता र सुशसासन प्रवद्र्धनमा जोड दिन आग्रह गर्ने ।
२) सुशासन प्रवद्र्धन सम्बन्धि सन्देश सहितको फ्लेक्स ११ वटै पालिकाका कार्यालय सहित क्रमश तिनका सबै वडा कार्यालयमा राख्ने । जसको लागि आर्थिक स्रोत जिल्लामा भएका गैसस, नागरिक समाज संघसंस्थाहरु लगायतबाट संकलन गर्ने ।
३) स्थानीय तहले निर्माण गरेका विपद ऐनको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्ने । नीति नबनेका पालिकामा बनाउन सहजीकरण गर्ने ।
४) बाढी पहिरो लगायतका विपत्तीबाट पिडित बनेकालाई तत्काल राहत र क्षतिपूर्तिका लागि अनुरोध गर्ने ।
५) कोभिड १९ को जोखिम रहिरहेकाले आम सर्वसाधारणमा उच्च सर्तकता अपनाउन आह्वान गर्ने साथै सावधानीका उपाय र कार्यक्रम ल्याउन स्थानीय तहहरुलाई आग्रह गर्ने ।
६) यस आर्थिक बर्ष २०७७, ७८ को बजेट कार्यान्वयनका लागि असार नकुरी समयमै गर्न स्थानीय तहहरुमा अनुरोध गर्ने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार