• सोमबार, साउन ११ २०८३

पहिरो पिडितलाई सांसद दवाडी गरे आर्थिक सहयोग


आइतबार, साउन ११ २०७७
750
Shares

गोरखा । गण्डकी प्रदेश सदस्य प्रकाशचन्द्र दवाडीले पहिरो पिडितलाई आर्थिक सहयोग गरेका छन् । बारपाक सुलिकोट गाउँपालिका ८ तीनखण्डेका तीन परिवारलाई जनही १०/१० हजार रकम सहयोग गरेका हुन् ।

यसैगरी पहिरोको आंशिक क्षति गरेका चार घरलाई ५ हजारका दरले रकम उपलब्ध गराएका छन् । शनिवार स्थलगत रुपमा पहिरोको अवलोकन गर्न तिनखण्डे पुगेका दवाडीले पहिरो पिडितलाई आर्थिक सहयोग उपलब्ध गराएको नेबिसंघका जिल्ला अध्यक्ष सुबास अधिकारीले जानकारी दिए ।

उनले पुनर्वास र पुनस्थापनाका लागि आफ्नो ठाउँबाट यथासक्य पहल गर्ने प्रतिवद्धता जनाएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ का अध्यक्ष कृष्ण गुरुङ पनि सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार