गण्डकी प्रदेशमा रहेकाे कोरोना प्रयोगशालामा अहिले स्वाब परीक्षण रोकिएको छ । पाेखराकाे रामघाटस्थित प्रदेश क्षयरोग केन्द्रमा स्थापना गरिएको ल्याबको जेनेरेटर र ट्रान्समिटरमा समस्या देखिएपछि शुक्रबार बिहानबाटै परीक्षण राेकिएकाे हाे ।
जेनेरेटर र ट्रान्समिटरमा देखिएकाे समस्या समाधान गर्ने प्रयास भइरहेकाे प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।
शुक्रबार परीक्षण हुन नसकेका स्वाब आज परीक्षण गरिने सुवेदीले बताइन् । हाल गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र गरी २ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ ।
दुवै ल्याबबाट दैनिक ३ सयसम्म स्वाब परीक्षण हुँदै आएको निमित्त निर्देशक सुवेदीले बताइन् ।