• आइतबार, साउन १० २०८३

गोरखामा थपिए कोरोनाका दुई संक्रमित


शनिबार, साउन १० २०७७
770
Shares

गोरखा । गोरखामा शनिबार दुुई जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो ४ बजे विज्ञप्ती प्रकाशित गर्दै गोरखाका दुई जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

संक्रमण हुनेमा पालुंटार नगरपालिकाका २६ बर्षका एक पुरुष र भिमसेन थापा गाउँपालिकाका २७ बर्षकमा पुरुष रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यस्तै शनिबार गोरखाका २ सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या एक हजार ३ सय ७२ पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार