• बुधबार, असोज १४ २०८३

मुख्यमन्त्री सिंहलाई कोरोना संक्रमण पुष्टि


शनिबार, साउन १० २०७७
800
Shares

भारतको मध्य प्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंहलाई कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएको छ।

सिंहले ट्वीटरमा आफूलाई संक्रमण भएको जानकारी दिएका छन्। उनले आफूले यतिबेला कोरोनाविरुद्धको उपायहरु पनि अबलम्ब गरिरहेको बताएका छन्।

उनले ट्वीटमा आफ्ना राज्यका सबै नागरिकलाई कोरोनाविरुद्धको उपाय अपनाउन र यसलाई बेवास्ता नगर्न आग्रह गरेका छन्।

हाल भारतमा दैनिक हजारौं कोरोना संक्रमित बनिरहेका छन्। अमेरिका र ब्राजिलपछि भारत नै कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो।

https://twitter.com/ChouhanShivraj?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1286913018404540416%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fsociety%2F33097-2020-07-25-09-03-06

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार