कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले आज (शनिबार) बिहानदेखि पर्साको वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।
बिहान ५ बजेदेखि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो। ‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित हुने र मर्ने क्रम बढेपछि स्थानीय प्रशासन निषेधाज्ञा लागू गर्ने निष्कर्षमा पुगेको हो।
दुई दिनको बीचमा वीरगञ्जमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ। संक्रमण फैलिन नदिन महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।
५६ जना संक्रमितको गण्डक कोरोना अस्पतालमा उपचार भइरहेको