• सोमबार, साउन ११ २०८३

धार्चेमा पहिरोले नाैलीखाेला थुन्यो, लापुवेशी उच्च जाेखिममा


शनिबार, साउन १० २०७७
740
Shares

गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ।

धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो। पहिरोले विगत नौ घण्टादेखि खोला थुनिएको गाउँपालिका अध्यक्ष सन्ताेष गुरुङले जानकारी दिए।

सिरानमा पहिरोले खोला थुनिएपछि त्यसमुनी रहेकाे लापुवेशी गाउँ जोखिममा परेकाे छ।

‘केही समयदेखि थुनिएको पानी सानो निकासबाट बग्न थालेको छ,’ अध्यक्ष गुरुङले भने, ‘जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १२ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।’

उनले सानो निकासबाट थुनिएको पानी बग्न थाले पनि जोखिम टरिनसकेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार