• शनिबार, साउन ३० २०८३

नेपालमा १३३ जना कोरोना संक्रमित थपिए


शुक्रबार, साउन ९ २०७७
735
Shares

नेपालमा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले थप १३३ जनामा कोरोना पुष्टि भएको बताए।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९८७ जानको टेस्ट गर्दा १३३ को पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए। योसँगै नेपालमा ५ हजार ३८३ सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा १०७ जना कोरोना मुक्त भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ९४७ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार