• बुधबार, भाद्र ३ २०८३

पूर्व डीआईजीलाई सजाय घटाउने सर्वोच्चको फैसलामा महान्यायाधिवक्ता कार्यालय पुनरवलोकनमा जाने


बिहिबार, साउन ८ २०७७
920
Shares

महान्यायाधिवक्ताको कार्यालयले पूर्व डीआईजी रन्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलामा पुनरवलोकनका लागि जानेबारे अध्ययन सुरु गरेको छ।

सर्वोच्चले असार १५ गते गरेको फैसलाअनुसार कोइराला बिहीबार जेलबाट छुटिसकेका छन्।

असार १५ गते सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइराला जेलमुक्त भएका हुन्।

साढे ८ वर्षदेखि डिल्ली बजार कागरागारमा जेलजीवन बिताइरहेका कोइरालालाई बिहीबार जेल मुक्त गरिएको कारागार प्रशासनले जनाएको छ।

महान्यायधिवक्ता कार्यालयका सहन्यायधिवक्ता संजीवराज रेग्मीका अनुसार सो कार्यालयले पुनरवलोकनमा जाने आधारबारे अध्ययन गरिरहेको छ।

‘सजायँ छुट दिने यो फैसला र यस्तै प्रकृतिका मुद्दामा यसअघि सर्वोच्चले नै गरेका केहि फैसलाका नजिर र व्याख्यासँग केहि डेभिएसन (बेमेल) देखिएको छ, थप अध्ययन गर्दैछौं,’ रेग्मीले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार