• आइतबार, साउन १० २०८३

दुई दिनदेखि अबरुद्ध गोरखा-आँबुखैरेनी सडक एकतर्फी खुल्यो


बिहिबार, साउन ८ २०७७
945
Shares

गोरखा । अबिरल वर्षा पछि आएको पहिरोले भत्काएको गोरखा आँबुखैरेनी सडक (अम्मरसिंह मार्ग) एकतर्फी खुलेको छ ।

११ किलो स्थित भत्किएको सडकमा हिमपाइप हालेर एकतर्फी खुलाइएको गोरखा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

वडा कार्यालय र सडक विभागको समन्वयमा ४ वटा हिमपाइप राखेर तत्कालका लागि सवारी आवागमन सुचारु बनाइएको हो ।

गोरखा आँबुखैरेनी सडकको अन्य स्थानमा रहेका अबरोध पनि हटाएर एकतर्फी रुपमा सडक खुलाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार