• आइतबार, साउन १० २०८३

अनलाइन कक्षा पुनः सञ्चालन हुने


बिहिबार, साउन ८ २०७७
820
Shares

Rear view of multiethnic boy using desktop computer in school library. Back view of mixed race child working in classroom with computer at elementary school. Young arab schoolboy typing on keyboard.

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् ।

निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो ।

१ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।

प्याब्सन र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा बन्द गरेका थिए । शिक्षा मन्त्रालयद्वारा जारी निर्देशिका अनुसार १ असारदेखि अनलाइन कक्षा सञ्चालन हुँदै आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार