• आइतबार, साउन १० २०८३

विश्वभर भयावह बन्दै कोरोना, भारतमा एकै दिन ११ सय भन्दा बढीको मृत्यु


बिहिबार, साउन ८ २०७७
705
Shares

विश्वभर कोरोना संक्रमणदर डरलाग्दो रुपमा बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघेको वल्र्डओमिटरमा उल्लेख छ। यो बिहीबार बिहान सवा ६ बजेसम्मको तथ्यांक हो।

पछिल्लो २४ घण्टामा विश्वभर यसको संक्रमणबाट सात हजार एक सय १३ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ लाख २९ हजार दुई सय ९६ पुगेको छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ९३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा एक हजार दुई सय ११ र भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार चार सय ७० जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी ब्राजिलमा ६५ हजार तीन सय ३९, भारतमा ४५ हजार पाँच सय ९९, दक्षिण अफ्रिकामा १३ हजार भन्दा धेरै, मेक्सिकोमा झण्डै सात हजार, रुस र अर्जेन्टिनामा पाँचपाँच हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार