• आइतबार, साउन १० २०८३

बाढी पहिरो विस्थापितलाई रेडक्रश गोरखाको ‘राहात प्याकेज’


बुधबार, साउन ७ २०७७
1.6K
Shares

गोरखा । केहि दिन यताको निरन्तर बर्षातका कारण बाढी पहिरोबाट पिडित बनेका नागरिकलाई नेपाल रेडक्रश सोसाइटी गोरखा शाखाले राहत सामाग्री सहयोग गरेको छ ।

गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, पालुङटार नगरपालिकाका बाढी पहिरो पिडितलाई मंगलबारसम्म २ सय ७२ थान त्रिपाल, र ७ सेट राहत सामाग्री रेडक्रश गोरखाले वितरण गरेको जनाएको छ ।

बाढी पहिरोका कारण घरबार बिहिन बनेका नागरिकलाई उद्धार समेत गरी तत्कालका लागि बस्ने वासको वातावरण रेडक्रशले मिलाएको शाखा सभापति भगवानबाबु मास्केले जानकारी दिए ।

त्यस्तै बुधबार रेडक्रशले वारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ पन्द्रुङ तिनखण्डेमा पहिरोले ८ घर बगाई विस्थापित भएका परिवारलाई गाउँमै पुगेर राहत सामाग्री हस्तान्तरण गरेको छ ।

मंगलबार राती पहिरोले तिनखण्डेका ८ घर बगाउदा सो संख्याका परिवार पूर्ण रुपमा विस्थापित भएका थिए । घरमा रहेको अन्न, लत्ताकपडा लगायत कुनै पनि सामाग्री झिक्न समेत नपाएका उनिहरुलाई बुधबार रेडक्रश सोसाइटी गोरखाका सभापति मास्के सहितको टोलीले राहत प्याकेज दिएका हुन ।

प्याकेजमा त्रिपाल, कम्वल, बाल्टिन, लत्ताकपडा, भाँडाकुडा लगायत रहेको रेडक्रश गोरखाका कार्यालय प्रमुख सुवास घिमिरेले जानकारी दिए ।

उनिहरुलाई राहत हस्तान्तरण गर्न सभापति मास्के सहित महामन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आचार्य, उपमहामन्त्री भिमसेनकाजी बाँनियाँ लगायतको टोली पन्द्रुङ पुगेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार