• शनिबार, भाद्र २० २०८३

नेपालमा थप १०० जनामा कोरोना पुष्टि, २०७ जना डिस्चार्ज


बुधबार, साउन ७ २०७७
775
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप १०० जनामा कारोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ। पछिल्लो ३७७९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २०७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १२ हजार ६८४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार