• आइतबार, साउन १० २०८३

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


बुधबार, साउन ७ २०७७
845
Shares

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक विदेशी नागरिक समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार धनुषाका एक ६० वर्षीय पुरुष र एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार जनकपुर उपमहानगरपालिकाका ती पुरुषमा खोकी र श्वासप्रश्वासमा समस्या रहेको थियो।

उनलाई उपचारका लागि साउन २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनको उपचारकै क्रममा साउन ६ गते निधन भएको थियो। निधनपछि गरीएको नमूना परीक्षणमा उनमा कारोना पुष्टि भएको भएको प्रवक्ता गौतमले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार