• आइतबार, साउन १० २०८३

थप दुई जनाले जिते काेराेना, पहिराेका कारण ३ संक्रमित क्वारेनटाइनमै बस्न बाध्य


बुधबार, साउन ७ २०७७
740
Shares

गोरखा । कोरोना भाइरसको संक्रमण जितेर मंगलबार गोरखा अस्पतालबाट २ जना घर फर्किएका छन् । गोरखा अस्पतालमा उपचाररत २ जनाको दोस्रो कोरोना रिर्पोट समेत नेगेटिभ आए पछि उनीहरुलाई मंगलबार घर पठाईएको हो । हालसम्म जिल्ला अस्पतालमा भर्ना भएका मध्ये ३३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

मंगलबार कोरोना निको भएर डिस्चार्ज हुनेमा पालुङटार नगरपालिका निवासी २ जना रहेको जिल्ला अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । जसमा ३९ बर्षिया महिला र ४० बर्षिय पुरुष रहेका छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट पिसिआर परिक्षणको दोस्रो रिर्पोट नेगेटिभ आएको ढकालले बताए ।

अब अस्पतालको आइसोलेशन कक्षमा १ जना महिला मात्र बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । उनको पनि कोरोना रिर्पोट भने नेगेटिभ आईसकेको बताइएको छ । उनलाई आउदोे शुक्रबार डिस्चार्ज गरिने अस्पतालको तयारी छ । हालसम्म गोरखामा १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

हिजो मात्रै भिमसेन थापा, शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाका गरी ३ जनामा कोरोना देखिएपनि उनिहरुलाई हालसम्म आइसोलेसनमा ल्याउन सकिएको छैन । निरन्तरको बर्षातका कारण एम्बुलेन्स जान नसक्दा उनिहरु बसिरहेकै क्वारेनटाइनमा बस्न बाध्य छन् ।

हालसम्म गोरखा क्याम्पसबाट भने ५४ जनाले कोरोना जितेर घर फर्किएका छन् । ६० जना संक्रमित राखिएको क्याम्पसको आइसोलेसनमा हाल ६ जना मात्रै संक्रमित रहेको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्याालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार