• बुधबार, असोज १४ २०८३

सरकारकाे निर्णय : साउन १५ देखि होटल रेस्टुराँ खुला, भदौ १ बाट स्कुल भर्ना


मंगलबार, साउन ६ २०७७
955
Shares

साउन १५ गतेदेखि होटल तथा रेस्टुराँ खुल्ने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको हो।

यस्तै, ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताए। भर्ना खुला भएपनि विद्यालय भने अर्काे सूचना नआएसम्म खुल्ने छैनन्।

त्यस्तै खेलकुद लगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय भएको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार