• आइतबार, साउन १० २०८३

फाेक्साेकाे क्यान्सर रोगी ७२ वर्षीय वृद्धले घरमै जिते कोरोना


सोमबार, साउन ५ २०७७
1.3K
Shares

Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.

काठमाडौं । फाेक्साेकाे क्यान्सर राेगी ओखलढुंगाको लिखु गाउँपालिका निवासी ७२ वर्षीय वृद्ध कोरोनामुक्त भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले वृद्धको परीक्षणको नतिजा नेगेटिभ आएको जानकारी दिए।

काठमाडौंको किस्ट अस्पतालमा उपचार गर्दै आएका उनलाई अस्पतालले अवस्था गम्भिर रहेको भन्दै घरमै राख्न परिवारलाई सुझाएको थियो। घर जान अघि कोरोना परीक्षण गर्न अस्पतालले पाटन अस्पताल पठाएको थियो । परिवारले परीक्षणको लागि स्वाब दिएर बिरामीलाई ओखलढुंगा लिएर आयो । गत असारको दोस्रो साता आएकाे रिपाेर्टमा उनमा काेराेना संक्रमण पुष्टि भएको थियो।

सुरूमै अस्पताल लान पनि उहाँको स्वास्थ्य ठीक नभएकाेले घरमै राख्दा उचित हुन्छ भनेर परिवारलाई सुझाब दिइ चिकित्सकको निगरानीमा घरमै राखेकाे जानकारी तिवारीले दिए ।

वृद्धमा संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका १२५ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमा सबैको नतिजा नेगेटिभ आएको छ।

परिवारका अनुसार वृद्धलाई चार महिना अघि फोक्सोको क्यान्सर देखिएको तिवारीले जनाए। उनले वृद्धसँगै थप चार जना संक्रमित कोरोनामुक्त भएको बताए।

संक्रमणमुक्त हुनेमा लिखु गाउँपालिकाका तीन जना र एक जना सुनकोसी गाउँपालिकाका छन्। उनीहरू भने भारत र साउदीबाट आएका हुन्।

अब जिल्लामा काेहि संक्रमित नरहेको तिवारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार