• आइतबार, साउन १० २०८३

परदेशबाट गोरखालीले गरे गण्डकीका लकडाउन पिडितलाई सहयोग


सोमबार, साउन ५ २०७७
915
Shares

गोरखा । गोरखा घर भई रोजगारी तथा अध्ययनका लागि बिभिन्न देश पुगेका युवाहरुले लकडाउन पिडितलाई खाद्धान्न सहयोग गरेका छन् ।

गण्डकी गाउँपालिका ५ दर्वुङ घर भई हाल जापानमा रहेका विराट बाबुको नेतृत्वमा अभियान संचालन गरेर युवाहरुले लकडाउन पिडितलाई ३ लाख १८ हजार ५० रुपैया बराबरको खाद्धान्न सहयोग गरेका हुन ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन र जाखिम कम गर्न भन्दै सरकारले गरेको झण्डै ३ महिने लकडाउनका कारण दैनिक जिवनयापनमा समस्या परेका गण्डकी गाउँपालिका ५ दर्बुङका १ सय ३१ घरपरिवारलाई अत्यावस्यक खाद्धान्न सामाग्री आइतबार हस्तान्तरण गरिएको वडाध्यक्ष जस बहादुर थापाले जानकारी दिए ।

सहयोग सामाग्रीमा प्रतिपरिवार चामल ३० केजी, दाल ४ केजी, नुन २ केजी, तेल ३ लिटर, साबुन लगायतका दैनिक ऊपभोग्य सामाग्री रहेको उनको भनाई छ ।

विदेशबाट पठाएको रकमको सदुपयोग गर्दै स्थानीयलाई राहत सामाग्री वितरणमा स्थानिय युवाहरु सन्तोष खनाल, मिलन पोखरेल, प्रवेश पोखरेल, शिव रेग्मी लगायतले समन्वय गरेका थिए ।

यता राहतका लागि आर्थिक संकलन अभियानको नेतृत्व गरेका विराट बाबुले अफ्टेरो परिस्थितीमा आफ्ना वडाका नागरिकलाई सहयोग गर्न पाउदा खुसी लागेको प्रतिकृया दिएका छन् ।

उनले यसअघि समेत असहायहरुको उपचार, सामाजिक काममा सहयोग लगायतका लागि बिभिन्न अभियान चलाउदै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार