• आइतबार, साउन १० २०८३

गोरखामा थपिए ३ जना काेराेना संक्रमित


सोमबार, साउन ५ २०७७
1.1K
Shares

गोरखा । गोरखामा ३ जनामा कोरोन पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भीमसेन गाउँपालिका, शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइहरहेको स्वास्थय निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । यससंगै गोरखामा संक्रमितकाे संख्या १ सय ५ पुगेकाे छ भने एक जनाकाे मृत्यु भइसकेकाे छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २० पुगेको छ । संक्रमितमध्ये १ हजार १८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार