गोरखा । केहिदिनदेखिको अविरल बर्षातसंगै गएको पहिरोले पुरिएर गोरखामा एक महिलाको ज्यान गएको छ ।
जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलको कौदी गाउँकी ३६ बर्षिया लक्छीमाया गुरुङको पहिरोलाई घर माथीबाट आएको पहिरोले पुर्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखामा डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
दिउँसो करिब १२ ः ३० बजे गोठमा रहेको बाख्रालाई घाँस हाल्न जादा सो महिला सहित ९ वटा बाख्रा र गोठ पहिरोले पुरेको खबर प्राप्त भएको डिएसपी खतिवडाले बताए ।
निरन्तर बर्षातका कारण अहिलेसम्म प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । तर ताङ्लीचोक चौकीबाट प्रहरी टोली सो क्षेत्रका लागि हिडिसकेको उनले बताए ।