चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा वापतको अझै ३६ करोड रकम पाउन बाँकी रहेको जनाएको छ । केहि दिनअघि ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको अस्पतालले उपचारवापत अझै बिमा बोर्डबाट ३६ करोड भुक्तानी हुन बाँकी रहेको जानकारी जनाएको हो।
२०७४ भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको भरतपुर अस्प्तालमा यस अवधिमा बिमामार्फत रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९ प्राप्त गरिसकेको छ ।
अस्पतालमा चितवन, मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ जिल्लाभन्दा बढी स्थानबाट बिरामी बिमामार्फत सेवा लिन आउने गर्छन् ।
स्वास्थ्य बीमाको रकम भुक्तानीमा अलमल हुँदा अस्पताल सञ्चालनमा समेत सकस भएको बताइएको छ ।