• शुक्रबार, साउन ८ २०८३

दुई दिने मुटु परिक्षण शिविरमा एक हजार बढीले लिए सेवा


सोमबार, जेष्ठ १८ २०८३
1K
Shares

सम्भव नेपालको आयोजनामा गोरखामा दुई दिने निशुल्क मुटु जाँच शिविर सम्पन्न भएको छ । शनिबार र आइतबार प्रदेश अस्पताल गोरखा र सिराचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजना गरिएको शिविरबाट एक हजार भन्दा बढीले सेवा लिएका छन् ।

रोटरी क्बल अफ गोरखा र गोरखा नगरपालिकाको समन्वय तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र सेभ द हर्टको प्राविधिक सहयोगमा भएको शिविरबाट सेवा लिएका एक हजार २१ जना सेवाग्राहीमध्ये करिब ५ सय जनाको इसिजी र २ सय ६९ जनाको इको समेत गरिएको थियो ।

जसमा प्रदेश अस्पतालमा ७ सय ६२ र नयाँसाँघुमा २ सय ५९ जनाको मुटु परिक्षण गरिएको हो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा भएको स्वास्थ्य शिविरबाट २५ जनाको मुटुमा समस्या पहिचान भएको छ । उनिहरुलाई तत्कालै एनजिओग्राम गर्नुपर्ने भएकाले काठमाडौं रिफर गरिएको बताइएको छ । शिविरमा बिरामीलाई आवस्यकताका आधारमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरबाट गोरखामै विशेषज्ञ डाक्टरहरुको प्रत्यक्ष निगरामीमा मुटु सम्बन्धि समस्या भएका भएका बिरामी र मुटुको अवस्था परिक्षण गराउन चाहाने नागरिक लाभाञ्वित भएका छन् ।

सम्भव नेपालले केहि महिनाअघि मात्रै शहिद लखन गाउँपालिकाको बुंकोटमा समेत दुई दिने निशुल्क मुटु परिक्षण शिविर र आरुघाटमा स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार