• आइतबार, साउन १० २०८३

साउन ८ देखि गाडी चलाउने गरी तयार रहन ब्यवसायीलाई पृथ्वीराजमार्गकाे निर्देशन


आइतबार, साउन ४ २०७७
970
Shares

पोखरा । सार्वजनिक यातायात सञ्चालन सञ्जालमा मुलुककै अग्रणीमध्येको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले साउन ८ गतेदेखि यातायात सञ्चालनमा ल्याउने भएको छ । झन्डै १ हजार ४ सय व्यवसायी आबद्ध उक्त कम्पनीले आफ्ना व्यवसायीलाई सर्कुलर जारी गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेकाे हो ।

सरकारले असार २६ देखि यातायात सञ्चालन गर्न आग्रह गरेपनि व्यवसायीले विभिन्न माग राख्दै सञ्चालन मिति अनिश्चित जस्तै बनाइरहेका थिए । तर साउन २ गते सार्वजनिक मौद्रिक नीतिले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई सहुलियतमा ऋण, पुनर्कर्जा र कर्जाको समय सार्न सकिने सम्बन्धी व्यवस्था ल्याएपछि व्यवसायी सेवा थाल्न राजी भएका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले व्यवसायीको आवाज सम्बोधन भएको आभास मिलेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

सवारी साधन र स्टाफहरुलाई चुस्त दुरुस्त अवस्थामा राख्न व्यवसायीलाई सर्कुलर गरिएको अध्यक्ष केसीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार