गण्डकी प्रदेशमा पर्ने ६ जिल्लाका १६ स्थानीय तहमा आइतबार २४ जना कोरोना संक्रमित थपिएका छन्।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाका ६ जनासहित २४ जनामा कोरोना पुष्टि भएको हो।
निर्देशक विनोदविन्दु शर्माका अनुसार पोखराका ६, लमजुङका ६, म्याग्दीका ६, बागलुङ, स्याङ्जा र पर्वतका २-२ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै गण्डकीमा संक्रमितको संख्या १३०२ पुगेको छ।