काठमाडौँ । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म ९९ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको यस आयोजनाको आगामी जेठदेखि परीक्षण (ट्रायल) सुरु गरी साउनदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।
हालसम्म नागढुंगा सुरुङमार्ग ९९ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए । नेपालका अनुसार अब १ प्रतिशत काम बाँकी छ ।
२०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु भएको यो सुरुङ २०८० वैशाख १३ गते सक्नु पर्ने सम्झौतामा उल्लेख थियो ।