• आइतबार, साउन १० २०८३

प्रदेश सरकारले बाढीपहिरो पीडितलाई घर बनाइ दिने


आइतबार, साउन ४ २०७७
1.3K
Shares

बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

बाढीपहिरोले घरमा बस्नै नहुने गरी बिस्थापित भएका पीडितहरुले मात्र यो सुविधा पाउने उनले जानकारी दिए ।

‘प्रदेश सरकारको एकीकृत आवास कार्यक्रमअन्तर्गत विस्थापित पीडितलाई घर बनाइदिने निर्णय भएको हो,’ मन्त्री दुलालले भने ।

कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पीडितलाई एकीकृत बस्ती बनाएर राख्ने छ । बस्तीका लागि सम्वन्धित स्थानीय तहले जग्गाको व्यवस्थापन गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको उनले जानकारी दिए ।

प्रदेश सरकारले बाढीपहिरोमा परी घाइते भएका सबैको निशुल्क उपचार गर्ने निर्णयसमेत गरेको छ । निजी अस्पतालमा उपचार गराए घाइतेले उपचार खर्चको एक चौथाई रकम मात्र पाउने भएका छन् ।

बाढीपहिरो प्रभावित जिल्ला भएकाले सिन्धुपाल्चोकका पीडितले तत्काल प्रदेश सरकारले निर्णय गरेका सबै सुविधा पाउने देखिएको छ । बागमती प्रदेशका १३ जिल्लामा सिन्धुपाल्चोक यतिबेला सबैभन्दा बढी बाढीपहिरोको चपेटामा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार