काठमाडौं । गोरखा नगरपालिका वडा नं. १, ताप्ले घर भई हाल काठमाडौंको वनस्थली बस्दै आएका १८ वर्षीय गणेश परियार विगत केही दिनदेखि बेपत्ता भएका छन्।
पारिवारिक स्रोतका अनुसार, गत फागुन २९ गते बेलुका करिब ५ बजे “साथीकोमा जान्छु” भनी घरबाट निस्किएका परियार हालसम्म पनि सम्पर्कमा आएका छैनन्। उनी घरबाट निस्किएदेखि नै परिवार र आफन्तको सम्पर्क बाहिर रहेकाले परिवारजन निकै चिन्तित बनेका छन्।
बेपत्ता व्यक्तिको हुलिया:
नाम: गणेश परियार
उमेर: करिब १८ वर्ष
कपाल: कालो र हल्का लामो
अनुहार: हल्का जुँगा भएको
हराउँदा लगाएको कपडा: कालो रङको ज्याकेट र कालो टाउजर
निज व्यक्तिलाई कतै फेला पार्नुभएको छ वा देख्नुभएको छ भने मानवीय धर्म सम्झिएर नजिकैको प्रहरी कार्यालय वा परिवारको तल दिइएको सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन परिवारको अपिल छ।
सम्पर्क नम्बरहरू: 📞 ९८०३७८५२८१ 📞 ९८१८७२८९१४