गोरखा । गोरखामा माइक्रो बस दुर्घटना भएको छ । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेका यात्रु बोकेको इभी माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । चालक सहचालकसहित १६ जना यात्रु बोकेर फर्कदै गरेको बागमती प्रदेश ००६ख ८४३० नम्बरको माइक्रोबस गोरखाको सहिद लखन गाउँपालिका ३ कानटार नजिकै भीर खसेर दुर्घटना भएको हो ।
शनिबार साँझ ७ः३० बजेतिर भएको दुर्घटनाबाट ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष दीपक पाण्डेले सिभिलखबरलाई जानकारी दिए । मृत्यु हुनेमा २ पुरुष र ५ जना महिला रहेको र उनिहरु भारतीय तिर्थयात्री रहेको प्रहरीले जनाएको छ ।