• शुक्रबार, साउन ८ २०८३

गोरखा १ को मतगणना अनिश्चित, १४ मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम आइपुगेन


शुक्रबार, फाल्गुन २२ २०८२
2.2K
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर १ को मतगणना अनिश्चित बनेको छ । चुमनुब्री गाउँपालिकाका ४ वटा वडाका १४ मतदान केन्द्रको मतपेटिका सदरमुकामस्थित मतगणना स्थलसम्म ल्याउन नसकिदा मतगणना प्रकृया अनिश्चत बनेको हो ।

नेपाली सेनाको हेलिकोप्टरले आज दुई पटक गरेर मतपेटिका ल्याएपनि साँझपख मौसममा आएको खराबीसंगै तेस्रो पटक मतपेटिका लिन जान नसक्दा क्षेत्र नम्बर १ मा मतगणनाको प्रकृया लम्बिएको हो ।

अब बिही, ल्हो, प्रोक र सिर्दिबासको गरी १४ मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी रहेको बताइएको छ । भोली समेत मौसमको अनुकुलता हेरेर मात्रै हेलिकोप्टर मतपेटिका लिन जाने र मौसममा सुधार नभए भोली समेत ‘होल्ड’ हुने सम्भावना रहेको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका प्रेमकुमार खत्री, नेकपाका हरिराज अधिकारी, नेकपा एमालेका रामचन्द्र लामिछाने, रास्वपाका सुदन गुरुङ लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ को मतगणना सुरु भइसक्दा एकको भने अनिश्चित बन्दा मतदाता अन्योलमा परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार