• शुक्रबार, साउन ८ २०८३

गोरखा क्षेत्र नम्बर १ का २३ मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम आइपुगेन, किन भयो ढिलाई ?


शुक्रबार, फाल्गुन २२ २०८२
2.4K
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर १ अन्तर्गतका २३ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम आइपुगेको छैन । हिजो सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनपछि झण्डै २० घण्टा बितिसक्दा समेत अझै २३ केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन ढिलाई भएको हो ।

सडकसञ्जाल नपुगेका चुमनुब्री गाउँपालिकाका २३ मतदान केन्द्रका मतपेटिका ल्याउन ढिलाई भएको हो । मतपेटिका लिनका लागि भरखरै नेपाली सेनाको हेलिकप्टर छेकम्पार पुगेको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सिभिलखबरलाई जानकारी दिए ।

सेनाको हेलिकप्टर आउन ढिलाई भएको र मतपेटिका समेत संकलनमा समय लागेकाले सदररमुकाम ल्याउन ढिलाई भएको उनले बताए । सो गाउँपालिकाको छेकम्पार र चुम क्षेत्रका सबै मतपेटिका आजै हेलिकप्टरबाट ल्याउने तयारी गरिएको र आजै साँझबाट मतगणनाको प्रकृया पनि सुरु हुने बताइएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका प्रेमकुमार खत्री, नेकपाका हरिराज अधिकारी, नेकपा एमालेका रामचन्द्र लामिछाने, रास्वपाका सुदन गुरुङ लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार