• शुक्रबार, साउन ८ २०८३

अमेरिकाबाट सृजनाको पत्र: ‘गोरखा १ को समृद्धिका लागि प्रेम खत्रीलाई जिताऔँ’

प्रवासबाट नेपालको चिन्ता


बुधबार, फाल्गुन १३ २०८२
3.6K
Shares

मेरा प्रिय
गोरखा क्षेत्र १ का दाजुभाइ तथा दिदिबहिनिहरु,

आज म USA क्यालिफोर्निया बाट यो पत्र लेख्दैछु । शरीर विदेशमा भएपनि मेरो मन, मेरो हरेक भावना गोरखामै छ। गोरखा केवल भूगोल मात्र नभै नेपाल एकिकरणको इतिहास बोकेको पृथ्विनारायण शाहको साहस, बलिदान र स्वाभिमानको प्रतीक पनि हो। हरेक राजनितिक कालखण्डमा गोरखाको एउटा छुट्टै इतिहास छ ।

तर आज धेरै गाउँमा केवल बृद्ध आमाबुबा मात्र छन् । युवा अवसर खोज्दै विदेशीनु परेको अवस्था छ, बालबालिका उच्च शिक्षाको खोजिमा शहर केन्द्रीत भएका छन् र गाउँको जीवन संकटमै छ। गाउँमा बिरामी हुँदा एम्बुलेन्समा राख्नेदेखि लिएर मर्दा मलामिसम्म त्यस्तै जिउँदाको जन्तिसम्म पनि पुर्याउन मुस्किल हुने जटिल अवस्था हाम्रो सामु छ। खेतियोग्य भुमिहरु बाँझिदै छन् ।

अझ कहिले बन्ने वा नबन्ने दोघारमै रहेको बुढिगण्डकी जलविद्युत परियोजनाको कारण कतिपय डुबानमा परेका गाउँबस्ती शुन्यप्राय छन् । कतिको त मुअब्जा लिएर सहि सदुपयोग गर्न नसक्दा भविष्य कता जाला अन्योलमै छ त कोहि भने बुढिगण्डकी जलविधुत बन्ला अनि यो त्यो गरौला भनेर सपना बुनिरहेका छन्। यसैको कारण देखाएर विकासको कार्यहरु पनि द्रुत गतिमा अघि बढिरहेका छैनन्। धार्मिक साँस्कृतिक प्राकृतिक सम्पदाहरुको अवस्था पनि दयानिय प्राय छ। बिबिध कारणवश ओझेलमै छ।

अहिले देश पनि गम्भिर मोडमै आइपुगेको छ । गत भाद्र २३ र २४ मा भएको जेन्जि आन्दोलन पस्चात । कतिले ज्यान गुमाए त कति ऐतिहासिक विरासत बोकेका सम्पदाहरु ध्वस्त भए । यो सबै को बाबजुत जुन अहिले हुन लागेको प्रतिनिधि सभा चुनाव छ यसले अब देशको भविष्य कता लैजाने भन्ने कुराको दिशानिर्देश गर्दछ भन्ने मलाइ लागेको छ।

म पनि तपाइहरुजस्तै कहिलेकाहीँ अनिश्चित अस्थिर भएको थिए । मनमनै तर गहिरो सोच र अनुभवपछि मैले बुझे हामीलाई छोटो समयका लागि viral हुने अनुहारमा होइन स्थानीय समस्या बुझ्ने र काम गर्ने नेतृत्वमा विश्वास गर्नु जरूरी छ्। यही कारणले आज मेरो भरोसा नेपाली काङ्ग्रेसका युवा उमेदवार प्रेम कुमार खत्रीमारहनु भएको छ ।

उहाँ हाम्रो ठाउँको मान्छे मात्र नभै हाम्रा पीडाहरू, हाम्रा गाउँका हरेक सम्स्याहरु, युवा, विध्यार्थी, वृद्ध, महिला, जनजाति, आदिवासी, दलित, पिछडिएका समुदायका सुक्ष्म भावनाहरूलाई नजिकबाट बुझ्ने व्यक्ति हुनुहुन्छ। स्थानीय जीवनस्तर सुधार र विकासको लागि काम गर्नुहुन्छ। शैक्षिक , प्रशासनिक एवम स्वास्थ सुधार उहाको मुख्य लक्ष्य नै हो । आफै पर्यटन क्षेत्रमा काम गरेको लामो उहाको अनुभवले पर्यटकिय क्षेत्रमा पनि उहाको विशेष पहलकदमि रहनेछ भन्ने कुरामा म विस्वस्त छु।

समादरणीय बुबा मुमा दाजुभाइ तथा दिदिबहिनिहरुमा म विनम्र अनुरोध गर्न चाहन्छु भने कृपया केवल चुनाव चिन्ह, Logo, या flashy प्रचारमा भ्रमित नहुनुहोस् उक्साहटमा नलाग्नुहोस्। टिकटक, फेसबुकमा आएका भाइरल कन्टेन्टका पछि नलाग्नुहोस् । उहाँ साँच्चै हाम्रो ठाउँको व्यक्ति हुनुहुन्छ । उहाँ हाम्रा समस्याहरू बुझ्ने र समाधानमा लाग्ने विश्वासिलो नेता हुनुहुन्छ । यो मत हाम्रा गाउँ, हाम्रा आमाबुबा र हाम्रो भविष्यका लागि महत्वपूर्ण छ । त्यसैले म तपाईहरुमाझ यो आग्रह गर्दछु कि Vote for Tree, Save Democracy ।

हाम्रो सपना भनेको हाम्रो गाउँ फेरि भरियोस, युवा स्वदेश फर्किउन, महिला सुरक्षित र आत्मनिर्भर बनुन, सुलभ र गुणस्तरिय शिक्षा अनि स्वास्थ संस्था मिलोस, बृद्धवृद्धलाई सम्मान र हेरचाह होस, आदिवासी र गरीब समुदायलाई न्याय र अवसर प्राप्त होस र गोरखा–१ को भविष्य एक साथ उज्यालो बनोस भन्ने नै हो। साथै बुढिगण्डकि जलविधुत आयोजनाको कार्य पनि द्रुत गतिमा अधि बढोस भन्ने पनि हो।

यसको लागि चोकचोक को चिया पसलमा ठुला गफ दिने भाषण दिने तर काम नगर्ने नेतृत्व हामीलाइ चाहिएको होइन । काम गर्ने नेतृत्व चाहिएको हो जसको एकमात्र विकल्प प्रेम कुमार खत्री नै हो भन्ने मलाइ लाग्दछ्। उहाँ गफ गर्ने भन्दा काम गर्ने ब्यक्तिका रुपमामा मैले विगतदेखि नै चिन्दै आएको छु ।

यो केवल मत दिने कुरा मात्रै होइन । यो हाम्रो आवाज, हाम्रो जिम्मेवारी, र हाम्रो भोलिको निर्णय हो। त्यसैले रुख चिन्हमा मतदान गरि गोरखा क्षेत्र न १ प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङग्रेसका युवा उमेदवार आदरणीय प्रेम कुमार खत्रीलाइ विजयि गराइदिनुहुन सम्पूर्णमा विशेष अनुरोधसहित आह्वान गर्दछु । धन्यवाद!

सिर्जना भट्ट
स्थायीः गण्डकी गाउँपालिका
हालः अमेरिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार