• शुक्रबार, साउन ८ २०८३

‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान चलाउँदै कांग्रेस


आइतबार, माघ २६ २०८२
1.4K
Shares

नेपाली कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सञ्चालन गर्ने भएको छ।

आज सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आमनिर्वाचनमा नेता कार्यकर्ता परिचालन गर्न फागुन १ देखि २१ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पनि पारित गरेको छ। उक्त निर्देशिकामा २१ दिने अभियानसम्बन्धी विषय छ।

‘फागुन २१ का लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ /उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ,´ निर्देशिकामा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार