• आइतबार, साउन १० २०८३

एकैदिन भेटिए आजसम्मकै धेरै संक्रमित


शनिबार, साउन ३ २०७७
835
Shares

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ।

शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको उसले जनाएको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि कोरना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो।

थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन्।

यसअघि जुलाई १२ मा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए। उक्त दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए।

शुक्रबारसम्म विश्वमा कोरोना संक्रमितको कुल संख्या १४ मिलियनको नजिक पुगेको छ। यस रोगका कारण मृत्यु हुने संख्या ५ लाख ९० हजार बढी भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार