काठमाडौं । भरतपुर-११, बाइपास रोडस्थित मौलाकालिका अस्पताल प्रा.लि.ले आफ्नो सेवा स्थानान्तरणको वार्षिक उपलक्ष्यमा बिरामीहरूको सेवालाई मध्यनजर गर्दै विशेष स्वास्थ्य प्याकेज र सहुलियत कार्यक्रम सार्वजनिक गरेको छ ।
अस्पतालले आगामी माघ २१ गतेदेखि २९ गतेसम्म नौ दिनका लागि निःशुल्क ओपीडी (Free OPD) सेवा सञ्चालन गर्ने घोषणा गरेको हो । दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि र उच्च स्तरीय स्वास्थ्य सेवाको पहुँच सबैमा पुर्याउने उद्देश्यले यो कार्यक्रम ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरूमा सहुलियतको व्यवस्था गरिएको छ । जसअन्तर्गत ल्याब, डिजिटल एक्स-रे, इन्डोस्कोपी, ईसीजी र बेड चार्ज लगायतका अस्पताल सेवामा २५ प्रतिशत छुट प्रदान गरिनेछ ।
त्यसैगरी, अत्याधुनिक प्रविधिको फोर डी/फाइभ डी भिडियो एक्स-रे (Abdomen and Pelvis) मा ५० प्रतिशत र सम्पूर्ण प्रकारका सर्जरी (शल्यक्रिया) मा विशेष छुट दिइने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
दैनिक विशेष स्वास्थ्य शिविर अस्पतालले नौ दिने अवधिलाई लक्षित गरी दैनिक रूपमा विशिष्ट स्वास्थ्य परीक्षण समेत सार्वजनिक गरेको छ, जुन यस प्रकार छ । :
माघ २१: निःशुल्क मधुमेह परीक्षण तथा सचेतना (HbA1C मा ५०% छुट) ।
माघ २२: थाइराइड परीक्षण (TFT मा ५०% छुट) ।
माघ २३: कलेजो तथा लिपीड प्रोफाइल परीक्षण (५०% छुट) ।
माघ २४: पाठेघरको मुखको क्यान्सर (LBC) स्क्रिनिङ (५०% छुट) ।
माघ २५: प्रोस्टेट सम्बन्धी परीक्षण (PSA मा ५०% छुट) ।
माघ २६: निःशुल्क दन्त परीक्षण (अन्य सेवामा १५% छुट) ।
माघ २७: मिर्गौला परीक्षण तथा सचेतना ।
माघ २८: शिशुहरूको स्वास्थ्यका लागि ‘बेबी वेलनेस डे’ ।
माघ २९: मुटु रोग परीक्षण (ECHO मा ५०% छुट) ।
भरतपुर-११, मालपोत कार्यालयबाट २०० मिटर उत्तरमा अवस्थित यस अस्पतालले गुणस्तरीय सेवाका लागि आफ्नो नाम स्थापित गर्दै आएको छ । सेवा लिन चाहने महानुभावहरूले अस्पतालको फोन नम्बरहरू ०५६-४८३७८८, ४९३७३८ वा ९८५५०८८००२ मा सम्पर्क गरी अग्रिम बुकिङ गर्न सक्ने समेत जानकारी दिइएको छ ।