• शुक्रबार, साउन ८ २०८३

गोरखा अस्पतालको अध्यक्षमा ढकाल, आँपपिपलमा पाठक, अरु सदस्यमा को–को?


सोमबार, माघ १३ २०८२
1.9K
Shares

प्रदेश अस्पताल गोरखा र आँपपिपलले नयाँ व्यवस्थापन समिति पाएको छ । गण्डकी प्रदेश सरकारको यही माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश स्तरीय अस्पतालमा कांग्रेस र एमालले भागवन्डा गरेर अध्यक्ष र २ जना सदस्य नियुक्त गरेको हो ।

प्रदेश अस्पताल गोरखामा कांग्रेसका तर्फबाट कृष्ण ढकाल अध्यक्षमा नियुक्त भएका छन् । सदस्यहरुमा महिलातर्फ कांग्रेसकी बिद्या मास्के र खुलातर्फ एमालेका सानुकाजी वन्त नियुक्त भएका छन् ।

प्रदेश अस्पताल आँपपिपलमा एमालेकी पार्वतीदेवी पाठक अध्यक्षमा नियुक्त भएकी छन् । महिला सदस्यमा कांग्रेसकी प्रमिला राना मगर गुरुङ र खुला सदस्यमा कांग्रेसका रविन्द्र देवकोटा नियुक्त भएका छन् ।

गत भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ गठनादेश जारी गर्ने निर्णय गर्दै यसअघिको अस्पताल व्यवस्थापन समिति खारेज गरेको थियो । नयाँ गठनादेश ल्याएर भागवन्डा गरी प्रदेश मातहतका सबै अस्पतालको अध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार