• शनिबार, साउन ९ २०८३

कांग्रेस दास र लासहरूको पार्टी होइन : गगन थापा


आइतबार, पुष २७ २०८२
1.4K
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी दास र लासको पाटी नभएको बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा जिउँदो मानिसको पार्टी भएको बताएका छन्।

‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्,’  थापाले भने।

कांग्रेसभित्र प्रश्न नमरेको उनको भनाइ थियो। ‘यहाँ कोही मालिक, कोही दास छैन, सब बराबर छ,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार