गोरखामा नेपाल बक्सिङ्ग संघ गठन भएको छ । शुक्रबार सदरमुकाममा भएको भेलाले सन्तोष आले मगरको अध्यक्षतामा बक्सिङ्ग संघको गोरखा कार्यसमिति गठन भएको हो ।
गठीत समितिको उपाध्यक्षमा कुविर पौडेल, कोषध्यक्ष राजन श्रेष्ठ, सचिव शिवहरी तिमिल्सिना र सदस्यमा सुदिप पोडेल, सुमन गुरुङ, युना श्रेष्ठ र प्रविन बस्नेत रहेका छन् ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पंच बहादुर राईको रोहवरमा नेपाल बक्सिङ्ग संघ गोरखा गठन भएको हो ।