• शुक्रबार, साउन ८ २०८३

भीमफेदी-कुलेखानी सडकखण्डमा जिप दुर्घटना, ६ जनाको मृत्यु


आइतबार, पुष २० २०८२
1.3K
Shares

मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार आइतबार भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

साँझ सवा ५ बजेतिर जुरिखेतमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना.१ज १७७८ नं.को जिप दुर्घटनामा परेको थियो।

जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो।

सुमोमा सवार ९ जनालाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो। त्यसमध्ये ६ जनाको मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार