• शुक्रबार, साउन ८ २०८३

चुमनुब्रीका ७ वटै स्वास्थ्य चौकीमा सम्भव नेपालको ल्यावसहित सामग्री सहयोग


सोमबार, पुष ७ २०८२
1.9K
Shares

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सात वटै वडामा रहेका स्वास्थ्य चौकीमा सम्भव नेपाल नामक संस्थाले बिभिन्न आवस्यक सामाग्री सहयोग गरेको छ ।

स्यो प्रयोगशाला सामाग्री हस्तान्तरण परियोजना अन्तर्गत सो संस्थाले चुमनुब्रीका ७ वटै स्वास्थ्य चौकीमा त्याहाँको माग र आवस्यकतामा आधारमा बिभिन्न मेसिन, उपकरणसहितका स्वास्थ्य सामाग्री दिएको संस्थाका परियोजना ब्यवस्थापक उत्तम अधिकारीले जानकारी दिए ।

सो सामाग्रीहरु संस्थाका अध्यक्ष प्रेम कुमार खत्रीले चुमनुब्रीका बिभिन्न वडामा पुगेर हस्तान्तरण गरेका छन् । गत साता चुमनुब्रीको सामागाउँसम्म पदयात्रा गरेका अध्यक्ष खत्रीले त्याँहाको स्वास्थ्यचौकी, बर्थिङ सेन्टर, विधालय, गुम्बा लगायतको समेत निरिक्षण गरेका थिए ।

‘त्याहाँको बस्तुस्थिती, अवस्था, आवस्यकता, समस्याहरु बुझ्न चुमनुब्रीको यात्रामा गएँको थिए’ खत्रीले भने ‘अहिलेसम्म गाडी नपुगेको ठाउँ हो, कम्तिमा त्याहाका जनतालाई सामान्य उपचार र चेकजाँचका लागि सदरमुकाम र काठमाडौं धाउनुपर्ने बाध्यता हटोस् भनेर त्याहाँका नागरिककै माग अनुसार सामान सहयोग गरिएको छ ।’

चुमनुब्रीको केन्द्र फिलिमसम्म पहिलो पटक मोटरबाटो पुगे लगत्तै यसअघि एम्बुलेन्स समेत दिएको सम्भव नेपालले यो पटक भने आधारभुत स्वास्थ्य चौकीका लागि आवस्यक भिडियो एक्स्रे मेसिन, ल्याव सामाग्री, हस्पिटल बेड, कम्प्युटर, ल्याप्टप लगायत ३४ प्रकारका सामाग्री सहयोग गरेको जनाएको छ ।

त्यस्तै ७ वटा बर्थिङ सेन्टरका लागि ७ वटै फ्रिज समेत उपलब्ध गराइएको संस्थाका ब्यवस्थापक अधिकारीले बताए ।

चुमन्ब्री गाउँपालिकाका ७ वटै स्वास्थ्य चौकीका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय र माग अनुसारका सामाग्री सहयोग गरिएको उनको भनाई छ ।

सोही अवसरमा सम्भव नेपालले चुमनुब्री गाउँपालिका भरका विधालयमा अध्ययनरत करिब १५ सय विधार्थीलाई न्यानो कपडासहित झोला र शैक्षिक सामाग्री समेत वितरण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार