• आइतबार, साउन ३१ २०८३

लमजुङमा थपिए २२ कोरोना संक्रमित


शुक्रबार, साउन २ २०७७
825
Shares

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ७८ पुगेको छ।

शुक्रबार दिउँसो गण्डकी प्रदेशको लमजुङका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोनविन्दु शर्माका अनुसार संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहित २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन्।

पोखरा स्वास्थ्य विद्दान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै आजमात्रै गण्डकी प्रदेशमा ४७ जनामा कोरोना पुष्टि भएको छ। यसअघि आज बिहान २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार