• शुक्रबार, साउन ८ २०८३

तनहुँका युवाहरुले दिए मनाङका १५० जना विधार्थीलाई न्यानो कपडा


आइतबार, पुष ६ २०८२
1.6K
Shares

काठमाडौं । तनहुँका सामाजिक अभियान्ता मोहम्मद गफ्फार (सुदिप) सहितका युवाहरुले मनाङको एक विधालयमा अध्ययनरत विधार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् ।

चिसो बढ्दै जाँदा हिमालपारीको जिल्ला मनाङमा जनजिवन प्रभावित बन्दै गएपछि दमौलीका सुदिपसहितका युवाहरुले त्याहाको प्रकाश ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरूका लागि न्यानो कपडा पु¥याएका हुन् ।

बिभिन्न अभियान मार्फत संकलन भएको कपडालाई उनिहरुले विधार्थीको सहजताका लागि सहयोग गरिएको उनले बताए । जसमा न्यानो स्विटर र टोपी रहेको बताइएको छ ।

सो कपडाले केहि हदसम्म भएपनि मनाङका विधार्थीलाई न्यानो बनाउने आशा उनको टिमले लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार