• शुक्रबार, साउन ८ २०८३

३७ बर्ष पढाएका शिक्षकको बिदाइमा गाउँलेले गरे ‘हेलिकप्टर चार्टर’


बुधबार, मंसिर २५ २०८२
2K
Shares

गोरखा । गोरखाको उत्तरी क्षेत्रमा पर्ने धार्चे गाउँपालिका २ रुञ्चेतमा एक शिक्षकको स्मरणीय बिदाइ गरिएको छ । रुञ्चेतको गण्डकी माध्यमिक विद्यालयमा ३७ बर्ष पढाएका शिक्षक इन्द्र उपरकोटीलाई गाउँलेले हेलिकप्टर चार्टर गरेर बिदाइ गरेका छन् ।

२०४५ साल फागुन १९ गतेदेखि गण्डकी माध्यमिक विद्यालय रुञ्चेतमा अध्यापन गरेका शिक्षक उपरकोटीलाई मंगलबार गाउँलेले औपचारिक समारोह गरी फूलमाला पहिर्‍याइ हेलिकप्टर चढाएर बिदाइ गरेका हुन् ।

गोरखा नगरपालिका वडा नम्बर ३ को नारेश्वर स्थायी घर भई हाल भरतपुर महानगरपालिका १० मा बस्ने उपरकोटीलाई रुञ्चेतदेखि काठमाण्डौसम्म हेलिकप्टर र काठमाण्डौदेखि भरतपुरसम्म जहाज चढाएर बिदाइ गरिएको हो ।

गण्डकी माविको संस्थापक प्रधानाध्यापक समेत रहेका उपरकोटी कै पहलमा सो विद्यालय क्रमशः निमावि र दुई वर्षअघि मात्र माध्यमिक तहमा स्तरोन्नति भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार