• शुक्रबार, साउन ८ २०८३

गोरखामा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते


आइतबार, मंसिर १५ २०८२
1K
Shares

गोरखा । गोरखामा यात्रुवहाक बस दुर्घटनामा परेको छ । गोरखा सदरमुकामबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको हो ।

आइतबार दिउसो करिब १ बजे गोरखा आँबुखैरेनी सडकखण्ड अन्र्तगत बाह्रकिलो बजारमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बजारमा रोकिराखेको बस ब्रेक कमजोर भएर सडकबाट गुड्दै जंगलमा खसेर दुर्घटना भएको प्रहरीको भनाई छ ।

घाइते मध्ये २० जनाको अवस्था सामान्य रहेको र २ जनालाई थप उपचारका लागि चितवन पठाइएको बताइएको छ । अन्य घाइतेहरुको भने प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार