गोरखा । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको सरकारी संरचना पुननिर्माण गर्न गोरखाका नागरिक संस्थाहरुले आर्थिक अभियान संचालन गर्ने भएका छन् ।
नेपाल सरकारको भौतिक पुर्वाधार पुननिर्माण कोषमा सहयोगार्थ गोरखाका नागरिक संस्थाहरुले सहयोग संकलन अभियान संचालन गर्ने भएका हुन । विभिन्न संघ संस्थाहरुको समन्वयमा मंसिर १४ गते सहयोग अभियान संचालन गरी जुटेको रकम एकमुष्ट भौतिक पुर्वाधार पुननिर्माण कोषमा दाखिला गर्ने कार्यक्रम तय भएको छ ।
सहयोग कार्यक्रम गोरखाको खोलखोले स्थित नगरपालिका चोकवाट सुरु भई नयाँ वसपार्कसम्म पुगेर समापन हुने वताईएको छ । ¥याली कार्यक्रमसहित आयोजना हुने सो अभियानमा व्यक्ति तथा संघसंस्थाले स्वस्फुर्त आर्थिक सहयोग गर्न सकिने आयोजकले वताएको छ ।
सहयोग रकमलाई भौतिक पुर्वाधार पुननिर्माण कोषमा दाखिला गरी सो को विवरण जिल्ला प्रशासन कार्यालय गोरखा, प्रधानमन्त्रीको कार्यालयलाई जानकारी दिने र सहयोगीको विवरण सञ्चार माध्यम मार्फत सार्वजनिक गरिने अभियानको संयोजक तथा गैर सरकारी संस्था महांसंघ गोरखाको अध्यक्ष हरि देवकोटाले वताए ।
देवकोटाले सहयोग अभियान १ दिन चल्ने र एक दिनमा जो कोहीले पनि आफुलाई दिन मन लागेको रकम स्वेच्छाले सहयोग गर्न सकिने वताए । आफुलाई सहयोग गर्न मन लागेको रकम क्यु आर मार्फत पनि दिन सकिने देवकोटाले वताए ।
देवकोटाले सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुको नाम उहाँहरुको स्वीकृतीको आधारमा मिडिया मार्फत जानकारी गरिने समेत वताए ।
अभियान अन्तरपुस्ता महिलावादी मञ्च, नागरिक साझा सवाल गोरखा, गैर सरकारी संस्था महासंघ, गोरखा उद्योग बाणिज्य संघ लगायत संस्थाहरुले मिलेर सञ्चालन गर्न लागिएको बताइएको छ ।
देवकोटाले उक्त सहयोग संकलन अभियानमा सहभागि हुन सवै नागरिक तथा राजनीतिक दलहरु एवं स्थानीय संघ संस्थाहरुलाई पनि आब्हान गरेका छन । कार्यक्रम विहान ११ः३० वजे देखि गोरखाको खोलखोलेबाट सुरु भई वसपार्कमा गएर सकिने वताए ।