निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत भएका छन् । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा उक्त कुराको जानकारी दिएका हुन् ।
उक्त छलफलका क्रममा भण्डारीले हालसम्म एक करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेका बताए । उनले गत भदौ २७ गते संसद् विघटन गरेर फागुन २१ का लागि निर्वाचन घोषणापछि मात्रै २ लाख ९ हजार ५५२ मतदाता थपिएको पनि बताएका छन् ।
हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उनले बताए ।
आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिएको छ । अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको भण्डारीले बताए ।