• शुक्रबार, साउन ८ २०८३

धार्चेको प्रभात किरण माविमा सुविधासम्पन्न नौ कोठे शौचालय निर्माण


बुधबार, कार्तिक २७ २०८२
1.2K
Shares

गोरखा । धार्चे गाउँपालिका ७ को लापुवेशीमा रहेको प्रभात किरण माविमा सुविधासम्पन्न नौ कोठे शौचालय निर्माण गरिएको छ ।

विद्यालयमा यसअघि अस्थायी शौचालय मात्रै हुँदा शिक्षक र विधार्थीलाई सकस भएपछि नमस्ते गुम्दा स्वीजरल्याण्डको सहयोगमा नौ कोठे शौचालय निर्माण गरिएको हो ।

बालमैत्री, अपांगमैत्रीसहित सुविधासम्पन्न शौचालयको हिजो मंगलबार एक कार्यक्रमकावीच उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको प्रधानाध्यापक जीत बहादुर गुरुङले बताए ।

कार्यक्रमकै अवसरमा विधालयले शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने बिभिन्न ब्यक्ति तथा संस्थालाई सम्मान समेत गरेको उनको भनाई छ ।

मंगलबार नै नेपाल वीथआउट लिमिट्स नामक संस्थाले विधालयमा अध्ययनरत विधार्थीलाई जाडोको पोशाक समेत वितरण गरेको बताइएको छ ।

कार्यक्रम वडाध्यक्ष समेत रहेका विधालय ब्यवस्थापन समितिका अध्यक्ष राकेश गुरुङको अध्यक्षतामा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार